गजल -५५
तिम्रै उदयले प्रकाश छायो भानु
धर्तीमै नयाँ इतिहास छायो भानु
आफैंलाई भुलेर कहाँ कहाँ खोजेँ
नपाउँदा मनमा हतास छायो भानु
शीतझैं उड्दैथ्यो अस्तित्व शून्यतिर
तिम्रै स्पर्सले आस छायो भानु
अँध्यारै अँध्यारोको रङ्गमा हराएको थिएँ
न्यानो किरणले सास छायो भानु
जीवन यहाँ ज्यूँदो लास थियो
आज उज्यालोको आभास छायो भानु