गजल-७०

गजलकार

जितेन्द्र मल्ल

ठेस लागी लड्न लाग्दा, तिम्रो साथ याद आयो !!
निदरी नै टाढा भाग्दा , तिम्रो साथ याद आयो !!

दिन-रात एकैसरि, याद साँची बिताएका ,
आफूसँगै रात जाग्दा, तिम्रो साथ याद आयो !!

साथ हुँदा सयौ कोष, लाग्थ्यो के नै हो र भनी,
दुई पाइलामै आज थाक्दा, तिम्रो साथ याद आयो !!

चञ्चले यो मन पनि, बरालिन्छ त्यसै-त्यसै ,
भावनाले सीमा नाघ्दा, तिम्रो साथ याद आयो !!

तिमीबिना यो जिन्दगी ,कसरी खै सोच्नु यहाँ,
औंसीले नि जुन माग्दा, तिम्रो साथ याद आयो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *