गजल-१३६

रोश्नी खनाल / बोस्टन, अमेरिका

तिम्रा आँखा नशालु छन् शराबभन्दा पनि धेरै
आऊ हामी माया गरौँ हिसाबभन्दा पनि धेरै

तिमी यस्तो विषय हौ जति पढ्यो पढूँ लाग्ने
तिमी पढ्न चाहन्छु म किताबभन्दा पनि धेरै

फूल सुन्दर भन्नेहरूभन्दा धेरै फरक छु म
सुन्दर लाग्छ मलाई तिमी गुलाबभन्दा पनि धेरै

तिमी मीठा कुरा गर संसार भुल्न तयार छु म
आँखा बोल्न देऊ ओठ्को जवाबभन्दा पनि धेरै

तिम्रा आँखा नशालु छन् शराबभन्दा पनि धेरै
आऊ हामी माया गरौँ हिसाबभन्दा पनि धेरै

Leave a Reply

Your email address will not be published. Required fields are marked *