गजल-३५१

गजलकार
गजलकार

अर्जुन रसाइली 
ओहायो, अमेरिका

मलाई त गाउँको खेत र आली नै मन पर्छ
जे भए नि मेरो जाती नेपाली नै मन पर्छ । ।

चाहिन्न कसैको आश्वासन अनि झुटो माया
मलाई त आमाको मीठो गाली नै मन पर्छ । ।

कसैलाई साली रे कसैलाई गाउँकी काली रे
मलाई त मेरै प्यारी घरवाली नै मन पर्छ । ।
त्यो भीर, पाखा र पखेरोमा जन्मेर पो हो कि
मलाई त हलो, जुवा र कोदाली नै मन पर्छ । ।

Don't have a Facebook account? Please, use the form below with other options!