गजल-३६९
नैनसिङ्ग मगर
न्यूयोर्क, अमेरिका
बाबा आमालाई ढोग्ने चलन गयो यहाँ
छोरा छोरीलाई बोक्ने चलन गयो यहाँ ।
लोग्ने जति जना फेरे पनि तातो न छारो
आफ्नो परेजति तोक्ने चलन गयो यहाँ ।
आफ्नी स्वास्नीलाई अर्कैले घुमाइरहँदा
रिसले जारलाई ठोक्ने चलन गयो यहाँ ।
घरमा छोराछोरीले जोसुकै ल्याओस्
खबरदार भनेर खोक्ने चलन गयो यहाँ ।