गीत: ४२

पशुपति आचार्य
नर्थ केरोलिना,अमेरिका

नखोज्नु है मलाई मेरो जन्म भूमिका गाउँ-घरमा
म त तानाशाहीको जालभित्र फँसी सकेको छु
नखोज्नु है मलाई मेरो देशभित्रका देवी-ध्यौरालीहरूमा
म त आफ्नु प्राण जोगाउन लुकीलुकी भागिसकेको छु
नखोज्नु है मलाई मेरा ती सेक्टर-सब सेक्टरका छाप्राहरूमा
म त आफ्नु छाप्रो छाडी समुद्रपारी पराई भैसकेको छु,
नसोच्नु है मलाई ती शरणार्थी जीवनका अपमानहरूमा
म त स्वन्त्र फराकिला ठाउँमा पुगिसकेको छु !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *