गीत: ४५

गीतकार

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका

यस्तो हुरी चल्न थाल्यो मनमा
कतै तिमी रह्यौ कि रहेनौ जुनमा

एक कदम म अघि बड्दा
रहन्थ्यौ तिमी मेरो साथ
जुनीजुनी भर यस्तै रहोस् नाता
कतै नटुटोस् त्यो सरगम धुनमा

जीवनको रहस्य आफ्नो पनको
मिलन विछोड हुने एक संयोग हो
टाडिएर टाढा नहौन मेरी प्यारी
कालान्तरसम्म तिम्रै हुन्छु फूलमा

किन यस्तो बड्छ छाल तनमा
पवन सरसर खोलको किनारमा

१ अप्रिल २०१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *