गीत-४७
राम कालीकोटे
टेक्सास, अमेरिका
सम्हाल साथी मलाई हल्का पिएको बेला
पोखिन्छन् मनका व्यथा हल्का पिएको बेला
नसा नै प्यारो लाग्छ जिन्दगी दुखेको बेला
भुल्दछु सारा पीडाहरु हल्का पिएको बेला
भन्छन् “नपेउ ज्यादा तिम्लाई लागी सक्यो”
सुन्दिन यस्ता कुराहरु हल्का पिएको बेला
भुलेर तीता अतीत रम्न देउ यस मै मलाई
बिर्सन्छु वर्तमान नै हल्का पिएको बेला