गीत-५६

गीतकार

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका

मेरो देशका सन्देशहरु भिडमा म गाउँछु
बस्ति उजाड भएका कथा पिरमा म गाँउछु

लाखौ लखेटिए भूमिबाट शन्ति नमिल्दा
हाहाकार मजियो सहारा आहरा नमिल्दा
सबै रक्त पसिना सिमानामा बेइमानी कै भो
बस्ति उजाड भएका कथा पिरमा म गाँउछु

मेरो देशका सन्देशहरु………….

आफू दु:ख कष्ट बोकी शहीदको मार्ग रोजे
भूगोल बिच नयाँ जीवनको शरण खोजे
पूर्खाको स्वाभिमानी गाथा सधैं म गाउँछु
बस्ति उजाड भएका कथा पिरमा म गाँउछु

मेरो देशका सन्देशहरु………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *