गीत-३९

गीतकार

खलानको मान्छे

चोटहरुको सागर तरी मनमा प्रेम दीप जलाई
धुवाँ बनेर आकाशमा खोजिरहेछु मायालुलाई
चोट….

दीप नबाल मेरो सम्झनामा आँसु नझार यो यात्रामा
यो एउटै यात्रा हो भने पर्खिरहन्छु बादलुमा
चोट….

तिमी साधामा आधा भएर नबस्नु दुनियाँको लागि
बरु आधामा पूरा भएर हाँसीदिनू सधैंको लागि
चोट….

Leave a Reply

Your email address will not be published. Required fields are marked *