गीत

गीतकार
गीतकार

भूमिका दुलाल (अधिकारी)
यूटाह, अमेरिका

कहिले शान्त पवन सरी शितलताले छाई दिन्छ,
कहिले विशाल हुरी बनी चेतना नै उडाई दिन्छ !

जता ततै फैली दिन्छ दुषित हावा चले सरी ,
मन उड्छ आज-भोलि सिमलको भुवा सरि !

भाँडो भए यसलाई राख्ने, सिंगारेरै राखी दिन्थें,
सही गलत चिनेपछि मात्रै ढक्कन खोली दिन्थें !

लक्ष्यतिरै हिड्ने गरी अठ्याएर राखौं जस्तो,
धैर्यताले बाँध यसको सधैंभरि बाँधौं जस्तो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *