गीत
दुर्गाप्रसाद रिमाल
अल्बेरी, अस्ट्रेलिया
न हँसाउन सकेँ तिमीलाई, न बचाउन सकेँ !
सकेँ केवल मृत्युको साथ पठाउन सकेँ
क्षमा गर छोरो मलाई, अल्पायुमै छुट्यो साथ
म कसरी चित्त बुझाऊँ, आशुँसगैँ बित्छन् रात ।
तिमी देउता म पुजारी, राख्छु दिलको मन्दिरभित्र
तिमी बगर म यात्री, खोज्छु किनार-नदीभित्र
कति रोइन् तिम्री आमा, फुट्यो छाती मुर्छा परी
थिए लाखौँ आफ्ना मान्छे, बिदाइ दिन अन्तिम घडी
क्षमा गर छोरो मलाई, अल्पायुमै छुट्यो साथ
म कसरी चित बुझाऊँ, आशुँसगैँबित्छन् रात
तिमी आयौ यो संसारमा, खुसीहरूको बर्सात छुट्यो
तिमी गयौ दुनियाँ छाडी, बुढेस कालको लाठी टुट्यो
बिहान घामको झुल्कोसगैँ, हरेक साझा बित्नुअघि
भाइ-बहिनी बाटो हेर्छन्, सुत्नुअघि उठ्नुअघि
क्षमा गर छोरो मलाई, अल्पायुमै छुट्यो साथ
म कसरी चित बुझाऊँ, आशुँसगैँ बित्छन् रात