गीत

खेम रिजाल 
ओहायो अमेरिका 

बिर्सियो कि परदेशीले, फर्की आएन
थाहा छैन मेरो खबर पायो पाएन

रातभरि उसकै यादमा पोल्छ मेरो छाती
उराठ लाग्छ गाउँबेँसी सम्झिएर साथी
एकान्तमा प्रीत बनी किन छाएन
थाहा छैन मेरो खबर पायो पाएन

तड्पिनु र तड्पाउनु यस्तै हो कि माया
केही छिनमै हराइहाल्छ बैगुनी त्यो छाया
अधेरीमा जून बनी ओर्ली आएन
थाहा छैन मेरो खबर पायो पाएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *