छरपस्ट सपनाहरु

कवयित्री

सुमन मञ्जरी

मनको कुनामा,
बर्षौँदेखिको रहर,
कतै टाढा पुगेर सुन्दर संसार बसाउने,
तर,
कहिलै कल्पनासम्म नगरेको
र ,
सोच्नसम्म पनि नभ्याएको ,
निर्दयी समयले उसलाई सिकार बनायो,
उल्टो हिंडेर,
आफ्नो सक्कली रुप देखायो,
एका एकै…
अनवरत….
एक माथि अर्को गर्दै
आफ्ना थप्पडहरु बर्षायो,
अनि
टुट्यो रहर,टुक्रियो मन,
छरपस्ट सपनाहरु…..

चाहे अरुको तोडेरै किन नहोस्,
आफ्नो रहरहरु
आफ्नो मनहरु
पुरा हुनै पर्‍यो,,
यो अहम्।।
कुन्नि कहिलेदेखि पालेर हो ,
कसैले थाहै नपाउने गरी
भित्र भित्रै ,
एक्लै एक्लै,
सबैका रहरहरु…
मनहरु….
सपनाहरु….
सुटुक्क सखाप पारेर,
आफु मस्त हुँदै सबैका सामु
पूनस्
दुधले नुहाएर आउँछ
तर,
के थाहा निर्दयीलाई
मनहरु दुखेको….
रहरहरु पोखिएको….
अनि
जता ततै छरपस्टिएका सपनाहरु,
र ,
तिनका दुस्ख नबुझिदिँदा ,
टुट्यो रहर,टुक्रियो मन,
छरपस्ट सपनाहरु…..

काठमाडौँ

Don't have a Facebook account? Please, use the form below with other options!