जन्मभूमिदेखि कर्म भूमिसम्म

गङ्गाराम रिजाल
टेनिसी,अमेरिका

थियो सानो गाऊँ प्रकृतिमय शोभा वरिपरि
बसेको बेसी हो गृहनगर हेर्दै दिनभरि।।
सबै खेती बाली रसमय थियो अमृत घडा ।
कुनै बेला आयो कठिन दिलको मानव खडा ।।

भयो ठुलो शङ्का जबजब डुले सैनिक जहाँ ।
कुरा सुन्थेँ मैले त्रसितमय भई जानुछ कहाँ ।।
थियो ईस्वीसम्बत् शिशिर अघि उन्नाईस जब ।
उनान्नब्बे देखि गरिदिएँ बिदाईपनि सब।।

थियो सल्लो घारी कटहर जुनेलो सबथरी ।
अलैँची बोटैको मगमग हुने त्यो रसभरी।।
बगैँचा मेवाका अनि अरू सबै जामुन जति
रमाइलो हेर्दै सरसमय भो लौ दिनकती ।।

झुकेका ऐँसेलु बयर उखुको स्वादछ कति।
ती मौरीको घारै तनमनमहाँ वासन अती ।।
किसानैको खेती वरपर थियो टार सब त्यो
फलेका बालीले घरजन हुने पेट भरिको

हिमाली शोभाले टलटल बनेका शिखर जो।
नदी-नाला खोला कलकल बगेका सलिल भो।।
सजाई राखेका भुवन भरिमा आँचल बनी।
जहाँ स्वर्गै लाग्ने झलमल थियो लौ हुनपनी।।

कतै पौवा पाटी सरसर हुने छादन कतै ।
लुकामारी खेल्ने पवन धुनिमा साधन उतै ।।
उता बग्दै जाने धनसिरि थियो मानस पनि ।
भयो सुन्कोसैको रगत तनमा आदर अनि ।।

कतै साना गाऊँ तलतल बगैँचा सुजनका।
सबैलाई हेर्ने कुशल मनले भावभरिका ।।
गरेँ सेवा मैले कति कति भयो त्यो सकलमा ।
छुटे है लौ त्याहाँ अतिकठिनभो आज मनमा ।।

कुनै बेला जाने मनहुन गयो भारत अनि ।
पुगी ठुलो तीर्थै भरत नगरी देव जननी ।।
कतै ठूलादेवालय अनि कतै सालिक थियो ।
विधाताले मेरो नजर भरिको आसन दियो ।।

भरेँ केही थोरै श्रवणपुटमा ज्ञानरसले ।
बुझेँ पुण्यै मेरो सकल मन भो भाव जसले।
बित्यो आठै पूर्ण गरिकन उता भारत बसी ।
बढ्यो पीडा मेरो मनहृय पूर्वैतिर पसी ।।

थियो कैलाशैको कति कति अरू देव नगरी ।
जटाझैँ फैलेका शिव शिव सबै भाव पगरी ।।
कतै बद्रीनारायण हरि कतै देव सलिला ।
थियो चारै धाम सकल जनको पावन शिला ।।

लिई थोरै त्याहाँ परम हितको ज्ञान र कला।
मिले ज्ञानी ध्यानी जन परमका सेवक भला ।।
बिदा भई काशीमा पशुपति तिरै बास बनियो ।
मिल्यो यौटा छानो शरण पुनराबासी भनियो ।।

भयो ठुलो नाऊँ सबजन पुगे आश्रय लिई ।
जुटे सारा हेर्दै अनि कति जुटे साधन दिई ।।
थियो झापा नाऊँ अलिपर थियो मोरङ पनि ।
भयौँ धेरै हामी अति कठिनको नामछ अनि।।

बने केही त्याहाँ सकल जनका साधन थिए।
पढी धेरै ज्ञानी जन अनि भई गौरव लिए ।।
विदेशीको ध्यानै सकल जनमा कोमल बनी ।
कठै ! हामी हेर्छौं हृदयमनका हौँ सब धनी ।।

भयो आफ्नै भाषा पहिरन भयो भिन्न छ कति ।
छुटायौ हामीमा किन र कसरी भो शुभ मति ।।
बनेका पूर्खाले रगत पसिनाका जन थियौँ ।
भयो लौ है सानो मन फरकले छोडिन गयौँ ।।

भनौँ यौटा ठुलो प्रकृतिमय शोभा सब थरी ।
बनेको हो धामै पशुपति शिरैमा हर ! हरि।।
उता को काहाको अविरल सधैँ भो कल कल।
छ है नेपालैको परम हितमा गौरव फल ।।

दिवा स्वप्ना धेरै बनिकनगयो याद छ कति ।
दिलाएको माया नभुलिकन आयो सब अति ।।
बसेका छौँ हामी झल मल हुने गौरव जतै ।
अमेरिका माहाँ सुखसयलभो है ! अब यतै ।।

कहाँ पायौँ चोला अघि पछि भयो मानव गति।
विधानैले लेखीकन सब दियो है शुभमति !!
भयो लौ है आफ्नो भुवनबिचमा आशय कता ।
बनायौँ है आफैँ रहिकन गयौँ है अब उता !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *