जिन्दगी

यज्ञ काश्यप
नर्थ डाकोटा, अमेरिका 

हिजो भन्दा आज फरक हुन्छ जिन्दगी
आजभन्दा भोलि फरक हुन्छ जिन्दगी

कता टाल्नु कता सिउनु प्वालैप्वाल छ
जसो तसो टाले फेरी फाट्छ जिन्दगी

जन्म उसकै जीवन उसकै र मृत्यु पनि
उसैको भरमा बसेको छोटो छ जिन्दगी

कसको बयान गरौँ आज कुरा छन्
धेरै बिर्सिएमा विगतका कुरा बन्छ जिन्दगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *