ठुला दाइ 

राधा काफ्ले 
क्यानाडा
कहाँ जान्छौ भन ठुल्दाई
 अभर पारि दाजु भाइलाई
कमाएको पैसा सबै
लान्छौ कि त चितासँगै?
जोड्यौ तिमीले कैयौँ महल
लुटी अरूका सपनाहरू
ढाँटी, छली, बेची आफ्नै
किन बन्छौ साँढे गोरु ?
तिम्रै कारण रोएका छन्
लाखौँ मन त्यो  ठाउँमा
अँध्यारो छ गाऊँ घर
डुबायौ त राज्यै अब ?
बेची आफ्ना आफन्त ती
कि जान्छौ त पैसा बोकी?
लाँदैन है यमराजले
सम्पत्तिको सुख रति
फोहोर धन्दा बन्द गर
जाऊ अब मामा घर
त्यही तिम्रो कर्म क्षेत्र
आफैँ तय गर्‍यौ नत्र
बाघ जस्तो गर्जँदै मा
बनेनौ त सच्चा बाघ
अरू मारी तिमी बाँच्ने
सपनाले पुग्यौ मामा घर
सक्कली र नक्कली पो!!!
देखायौ तिमीले मानवतामा
बुझेनन् ती जनताले
दानव रूप तिम्रो पेटमा
लाज भयो नेपालीलाई
नेपाली भई बाँच्न अब
लहरायौ बेइमानीको
किरो सारा संसार भर
धिक्कार तिम्रो योग्यतामा
धिक्कार तिम्रो क्षमतामा
स्याबास छ ती देश भक्तमा
जसको दृष्टि पर्‍यो तिमीमा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *