ढल्यो खम्बा

राधा काफ्ले
क्यानडा

ढल्यो खम्बा विश्वासको
निभ्यो दीप त्यो आशाको

भगवान् ता कहाँ पो छन्
पैसा सँगै अन्धा भाछन्

जसको आशा भरोसामा
छाड्यौँ देश आज सम्म

उसैको त्यो कुकृत्यले
बनाई दियो पुरै नग्न

भन्थ्यौँ अझै बाबा ता छन्
परिवारको रेख देख गर्छन्

वार्ता गर्दै अघि बढ्छन्
छुटेका ती बटुली ल्याउँछन्

अनि चाँडो समाधान खोज्छन्
परिवार जनमा सुख भर्दिन्छन्

तर कठै हामी बिचरा
कसले बुझ्दछ हाम्रो कुरा?

बाबु आफै पैसा चाटुवा
बनायो हामीलाई आज टुहुरा

ठुला ठुला कुरा मात्रै गर्ने
लान्छु घरै भन्न नछाड्ने

कस्तो खेल आज रचायौ
आफैँ फँसि अरूलाई रुवायौ

परिवारमा बस्दा बगडा गनायो
सहरमा बस्दा पैसा रमायो

आफ्नै परिवारको दुःख नबुझी
नक्कली परिवारमा सुख कमायो

कठै रिजालजी के नै जितायौ
हाम्रो मुटुमा छुरा चैँ भसायौ

बोल्ने बोली नै बन्द गरायौ
हिँड्ने खुट्टा नै थर-थर कमायौ

साँचो मनले आऊ अगाडी
भन्नु  तपाईँ छैन चलाखी

साथ दिने छौँ हामी पिताजी
देऊ गवाही जो छन् सब ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *