तिमीलाई देखेपछि

कवि

टंक उप्रेती
काठमाडौँ

तिमीलाई देखेपछि
मैले
काँडाहरु छामेँ

एक टुक्रा खण्डित सूर्य
मेरा अगाडि झ-यो
मैले उठाएर
आफैसँग राख्न चाहेँ

आकाशको नीलो बिम्ब बनेर
मेरो जीवनमा आउन चाह्यो
मै काँडाहरु छामेँ एकपटक
तिमीलाई देखेपछि मैले काँडाहरु छामेँ
म
छामिरहन्छु काँडाहरु
जब देख्छु सुन्दरता

म
काँडाहरु बोकेर हिँड्छु
जसरी काँडा बोकेर हिन्छन्
तमाम जीवित मानिसहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *