तिमी को हौ ?

कवि
कवि

डिल्लीराम शर्मा आचार्य
नर्वे 

ए नानी तिमी को हौ ?
यो जिन्दगीलाई चिनेका छौ ?
तिमी आज आफ्नै अस्तित्वलाई
फोहोर पाल्ने कन्टेनरमा फाल्ने भयौ ?
हिजोसम्म टेकेका खुट्टा
आज कसैका पाइताला बनिरहेका छौ
तिमी त कलिला नानी मात्र हौ ।

जो तिमीलाई कसैले खेलौना बनाइरहेका छन्ति
म्रो कल्पनाले साकाररुप लिन
अझै धेरै समय पर्खनु पर्छ
ए नानी तिमी त अझै काँचा छौ
त्यो ठाउँमा जान त्यति सजिलो छैन
जहाँ धेरै दुश्मनहरु लुकामारी खेल्छन्ति
म्रो परिचय र लोकप्रिय कमाउन
कोरेको कलमले इतिहासमा जहर छरेछ
सुपात्रमा पर्दा त्यो अमृत बन्न सक्थ्यो
तर आज कुपात्रामा विष बनिरहेछ ।

आज तिम्रा कलमबाट मरेकाहरु थुप्रै छन्के
तिनीहरुलाई तिमी शहीद लेख्न सक्छौ ?
आज तिमी इतिहास पल्टाउन खोजिरहेछौ
जुन इतिहास संसारको सबै भन्दा तीतो छ
यो संसारमा अाँखाहुनेहरु थुप्रै छन्
आँखा चिम्लिनेहरुले पनि आजकल देख्न थालेका छन्
तर–
तिम्रा कलमले विष नछरेको भए सायद
त्यस ठाउँमा अमृतको वीजारोपण हुन्थ्यो
एउटा साथीले त्यो जहर पनि
एकछिन अमृत बनायो
वा क्या गजव चमत्कार
विषलाई पनि अमृत देख्ने आँखा ?
वा प्रकृति धन्य छ तिमीलाई

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *