दशैँको याद

मौसमी ढुङ्गाना
विन्डसोर, क्यानाडा

यता विदेशमा,
आफ्नू देश जस्तो हुँदैन !
दशैँ त आयो,
तर घर लिपिँदैन
अनि मनले मनलाई छुँदैन।

दशैँ त आयो,
रोटेपिङ हुँदैन
सबै मिली रातो टीका लाउँछन्
तर कानमा सिउरिने,
जमरा हुँदैन।
मिलीजुली सबै खान्छौँ,
साथ खेली हाँसी,
तर सुख्खा-सुख्खा: दशैँ जस्तै हुँदैन।
यस्तै रहेछ चाडबाड,
सम्झनामा चढेँ,
पहाड -पहाड।

Leave a Reply

Your email address will not be published. Required fields are marked *