दशैं तिहार

कवि
कवि

डा.लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका

दशैं आयो दशैं आयो रातो टिकी लाउँला,
पहिला घरमा टिकी लगाई केरा-चिउरा खाउँला|
भोलि बिहान गाडी चढी मामा घर जाउँला ,
मामाबाट चाचा पाई हामी खुब रमाउँला|

तिहारमा दीपावली रंगी-चंगी पार्छौं ,
लक्ष्मी पूजी भैलो खेल्दै उज्यालोनै पार्छौं|
दादा-बुनु बुनु-दादा टिका टिकी गर्छौँ,
उपहार नाना दिँदै खुसीयाली भर्छौं|

दसैँ तिहार मनाउँन घर आँगन सजाउँछौं,
सालैपिछे मनाउँदै रिति रिवाज जनाउँछौं|
संस्कृतिको रक्षा गर्न चाड हामी मनाउँछौं,
समाजको एकतालाई अझ बलियो बनाउँछौं||

Leave a Reply

Your email address will not be published. Required fields are marked *