धैर्यता लिएमा

मधु घिमिरे
पेन्सिलभेनिया,अमेरिका

पैसाले मात्र मिल्दैनन् शान्ति सौन्दर्य आदर
मर्यादा निष्ठा विवेक बुद्धि हुन् ज्यूँने आधार
पौरखी हात निस्वार्थी बात हर्दम हॉंस्दछन्
दिलमा सफा सम्मान रोपे शिरमा फुल्दछन् १

घमण्ड दम्भ लालच रिस जिन्दगी बिगार्छन्
साधना ध्यान सक्रिय ज्यान जिन्दगी सपार्छन्
बॉंधेर हात बस्दामा मात्र प्रगति हुँदैन
सपना बिना गन्तव्य स्थान प्राप्ति नै हुँदैन २

गरेर अल्छी निदाई रहे योजना हरायो
नगरी काम समय बित्छ पछुतो पलायो
कर्मको बेलो समाई रहे काफल फल्दछन्
आँटिला मन हँसिला ओठ शिखर चुम्दछन् ३

फूल झैं प्यारो जिन्दगी बनोस् हिमाल मुन्तिर
भ्रमरा आई बासना लिऊन् आनन्द मानेर
नदीको जल बगेर जॉंदा पुग्दछ सागर
उर्लेर आओस् भेल झै बन्दै अथाह जॉंगर ४

पढेर मात्र सिकिन्न सारा संसार विचित्र
परेर धेर जानिन्छ सीप संस्कार पवित्र
प्रेरणा मूल प्रकृति गति नियाली बढेमा
रहस्य खुल्छ प्रगति फु्ल्छ धैर्यता लिएमा ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *