नाता टुटेको दिन

कवि
कवि
बि बि भूटानी पौड्याल
ओहायो, अमेरिका

हो साईँला,अझै पनि मेरो मानसपटलमा ताजा
भई मढार्रिरहेछन् ती कहाली लाग्दा दिन
सम्झना छ, उनीहरूले मेरो देश भुटेको दिन
सयौं बाबाहरूलाई बिना कसुर कुटेको दिन
हाम्रा चेलीबेटीहरूको अस्मिता लुटेको दिन
हजारौं आमाहरूको छाती चिरा-चिरा भई फुटेको दिन
अनि हजारौं सन्ताहरूको मन र तन थुतेको दिन
ऑखाभरि ऑसु बगाउँदै हामी गॉउबाट उठेको दिन
आफ्नो प्यारो गॉउसंग सदाकालागि छुटेको दिन
अनि आफ्नो देश र जन्मथलोसंग नाता टुटेको दिन
गॉस,बास र कपास नपाई छिमेकि राष्टमा सुतेको दिन
हो साईँला,अझै पनि मेरो मानसपटलमा ताज भई
बाँचीरहेछन् ती कहाली लाग्दा दिन
तर मट्टिको कसम,उनीहरू पराजित हुनेछन्
कलम र बन्दुक साटेको दिन!
अनि मात्र मनबाट हटाउनेछु सदाका निम्ति मन फाटेकादिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *