पक्राउ पुर्जीको लहर

भानु ढुङ्गाना 
क्यानाडा
मुटु ढुक-ढुक भएको छ!
छाती पुरै भारी भएको छ
पक्राउ पुर्जीको लहरले
स्थिर छैन हृदय हिजो आज
चित्त अन्योलग्रस्त गएको छ।
हिजो निलेको ऐश्वर्य
आज उगालिएको खिया जस्तो भएको छ
गुप्ताङ्ग बाट निकाल्न गारो भएको छ
अँ ई.. अँ ई .. हुँदै छ
 खुलेर बोल्न होसले पनि ठाउँ छोड्दै गएको छ
 सुराकी को हो चिनिँदैन
सुटुक्क कोही आएर गए जस्तै भएको छ !
हो आमा ! हजुरको प्रसूति प्रसव ,भ्रष्टाचारमा रहेछ !
मुटु ढुक-ढुक भएको छ
गोहीका आँसु सगरमा रहेको छ।
सम्झिँदै छु  !
खुर्मि सम्झेर-
कँचिया निलेका दिनहरू
भ्रष्टाचार गर्न सहमतिमा
पुगेका छिनहरू।
घरमा-श्रीमतीसँग लफडा हुन थाल्यो
छोरा छोरीसँग झगडा हुन थाल्यो
बुढी भएकी मेरी आमा !
हजुरका आँसुले समुन्द्र उचाल्यो
क्षितिजपारिको धमिलो वर्षाले
निन्दा र घृणाका उछिता दिँदै छ !
मन भित्र डढेलो लागेको छ
छोरा छोरीको रुन्चे अनुहार!
श्रीमतीको खस्रो व्यवहार
मुटु ढुक-ढुक भएको छ
नजिकको साथी एक छिन् आएर गएको छ !
— —खोइ के हुने हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *