पीडित भुटानी
पवित्रा गौतम
सल्सबरी, दक्षिण अष्ट्रेलिया
सानु थियो भुटान देश फुल्थ्यो गुरास फूल
देशबासी भुटानीको छैन केही भुल
भुटान सरकार जिग्मे राजाले अति चार गर्यो
सिधा सादा भुटानीले देश छाड्नु पर्यो
भुटानको सम्झनाले दुख्छ मेरो मुटु
जन्मभूमि भुटानलाई कसरी म बिर्सौ ?
भुटान छाडी नेपालमा शरणार्थी भइयो
संघसंस्थाको सहयोगले बाँच्ने आशा पाइयो
अठार बीस वर्ष शरणार्थी भई धर धर रुइयो ।
पुनर्बासको प्रकृयाले अष्ट्रेलियामा आइयो
जुनी भरीलाई रोग लाग्यो हुदैन कैले निको
चिल्लीबिल्ली भयो आज सारा भुटानीको
सातै देशमा भुटानीको भयो चिल्ली बिल्ली
कहाँ पुगे बाबा आमा कहाँ छोरा छोरी
शरणार्थी भई भुटानीले दु:ख कष्ट सारा
भुटानीका जीवन दाता सातै राष्ट्र भए
सम्झदैछु भुटान देशको कठोरतालाई
अष्ट्रेलियामा सबै जना खुसी छौ आजलाई
छिन्छ धागो छिन्दैन मायाजाल
मौका पाए भेटौला अर्को साल
[अन्तराष्ट्रिय नेपाली साहित्य समाज, एडिलेड र दक्षिण अष्ट्रेलियाको भूटानी संगठन (बासा) द्वारा एडिलेडमा आयोजित भानु जयन्ति समारोहमा वाचित कविता- सं.]