पोट्रेट र आकृतिहरु

लीला निशा

जीवनको पोट्रेटमा
केरमेट नगरी कन
तिम्रो आकृति कोरें, हेरें तिमीलाई
सौम्य-शान्त, निश्चल
अहो !
आफैंलाई उत्कृष्ट कलाकार सम्झेँ
अनि,
मनको क्यानभाषमा कहिल्यै नमेट्ने गरी
सजाएँ तिमीलाई
तिमीलाई विश्वास त पक्कै छैन
किन भने म
तिमीभन्दा कोसौँ टाढ़ा छु

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *