फूल

कवि

डी . पी . ओस्ती
क्यानाडा

फूल कोमल हुन्छन्
स्वच्छ हुन्छन्
अनि पवित्र पनि हुन्छन्
अझ कति फूल त सुगन्धित पनि हुन्छन्
यस्तो गुणै-गुण भएको फूलको
कति त अवगुण पनि हुन्छन्
कुनै फूल काँडै-काँडाबीच फुल्छन्
कुनै फूल दुर्गन्धित हिलोभित्र फुल्छन्
तर धेरै फूलहरु हाम्रै घर वरिपरि फुलेका हुन्छन्
जहाँ जसरि फुले पनि
फूल्, फूल नै हो
मान्छेको दृष्टिमा सबै फूल्
स्वच्छ छ, पवित्र छ,
अनि उतिकै पूज्य पनि छ,
फूल ईश्वरको सुन्दर सृजना हो रे !
तर फूललाई सम्मान देख्ने
मान्छेको आँखाले
फेरि कसरी ल्यायो
मान्छे-मान्छेमा भेदभावको भावना ?
काँडै-काँडाबीच फुलेको फूल
पवित्र हुन्छ भने
ती दुःख, पीडा र वेदनामा बाँचेका मान्छे
कसरी निच, अछूत र अपवित्र हुन्छन् ?
के ती ईश्वरका सृष्टि होइनन् ?

One Reply to “फूल”

  1. Pasupati Acharya

    भाइ कबिता मार्मिक छ. हालमा क्यानाडा अमेरिका मा हुने हामि मा एस्तो छैन. कति खुसि छौ.

Leave a Reply

Your email address will not be published. Required fields are marked *