भाले भएर बास्नै पर्छ !!

डिल्लीराम शर्मा (आचार्य)
क्रागेरो, नर्वे

जो जहाँ बसे पनि बास्नु पर्छ,
समयको भाले भएर
भाले भएको मुलुकहरुमा
भाले नबासिकन उज्यालो भएको छैन,
कुनै मुलुकहरुमा भाले नबासीकन उज्यालो भए पनि
भाले बासेर आएको विहानीमा आफ्नै किसिमको पन रहेको हुन्छ
कति रात र दिनको दोसाधमा
मरुभूमिका जन्तु भैm भएर बाँचिरहेका छन्
सत्ता लिलिप्साहरुको खेलमैदानमा
इतिहासले घु डा टेकाएका दिनहरु
जीवित देख्तादेख्तै इतिहासका पाना
पल्टाउन पनि–
आजकल त कति गाह्रो भैरहेको छ ।
कलमको धारले औंसीका रातहरु चिर्दै,
मिर्मिरेको खोजिमा लम्किरहेका कैयौं युवाकलमहरु
गोपालप्रसादको “आमाको सपना”को झझल्कोले
सल्बलाएका हिजोका दिनहरु
सम्झिदै, ती बासी रातहरुलाई
केवल सम्झनाका रुपमा–
निभ्नलागेको धिपधिपे दीयोमा तेल र सलेदो
थपे पनि आमाको सपना पूर्ण हुन सकेको छैन ।
अझ आकाश र धर्तीको दूरी थाह नपाउनेहरु त
स्वर्ग जाने आशामा आतुर छन्
आश्थाका बन्दीले आफ्नै शरीर बेचेर
आपैmलाई नंग्याउन लागेको रुखो कथा
लेख्न पनि बाँकिनै छ, ।
हेर्दाहेर्दै आधा शरीर मरिसक्यो तर
यात्रा भने टुंगिन अभैm बाँकीनै छ
कथाभित्रको “मने”अनि कथाभित्रको गहिरो कथाले
यात्रा गर्न सकेको छैन
ऊ जहाँको त्यही अल्झिएकार
आफ्ना हातहरु कपाइरहेको होला ।
आमाको काख छोडेको पनि निकै भयो
धर्तीमा बीजै नपरे पछि
विरुवाको जन्म असम्भव
नाम कमाउन आतुर बालकहरु
मात्रै ओठले गजल बर्बराईरहेका छन् ।
क्रान्ति नै सिद्धिए पछि
“त्यो आउँछ”कविता व्यर्थ  छ ?
गणतन्त्रका हिमायतीहरु म जस्तै भएर
संसारका कुनाकुनामा आपैmलाई लुकाइरहेका होलान् ।
हिजो वलीका बोका बनाएर
बलीबेदिमा चडाएका आत्महरु
उज्यालाको खोजिमा कति रुँदा हुन्
धिक्कार छ ती विगतका दिनहरुलाई
अनि वर्तमानलाई पनि
गुन्टा बोक्नेहरुको आत्मालाई अनि
सत्य टेकेर पैसा बोलाउनेहरुका आमाका कोखलाई
शहीदका छातीमा टेकेर
विश्वसामु आपूmलाई चिन्हाउन सफल नेताहरुलाई ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *