भाषा साहित्य भित्र

भानु ढुङ्गाना
क्यानाडा

बिहानले छ भन्दिने
दिवा छ मित्र बन्दिने।
छ सूर्य को प्रकाश यो
कवित्व को विकास यो ।

नवीन पुष्प पत्रमा
उठेर जाग सत्रमा
हुनेछ चित्त गौरव
गुराँस चाँप सौरभ।

दिने छ शैल निर्मल
पहाड काव्य को फल
सुदूर सम्म उज्ज्वल
हिमाल भित्र झल्कल ।।

सबेर हेर लाखमा
हुने छ नित्य काखमा!
बिहानले दिने छ त्यो
प्रदिप्त दिन्छ दिप्त त्यो।

लिने दिने हुनू कवि
बनाउँदै बढो छवी
नराखुँ चित्त पञ्जरो
विलास दास को चरो

सडेर गल्छ देह यो
हुँदैन बन्नु हेय यो
म साधना गरौँ सँधै
बिहान प्राप्त मै सँधै।।

वसन्त ग्रीष्म वागको
सुवास पुष्प रागको
लिएर लेख सुन्दर
छ ज्ञान देउ सागर ।

छन्द-प्रियंबदा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *