भाे, भयाे अब

कवि
कवि

डिल्लीराम रेग्मी
ओहियो, अमेरिका

म सुन्दै थिएँ
तिमी देश हाँक्ने बाचा गर्दै थियाै
संसार मुठीमा लिने कुरा बुन्दै थियाै
नयाँ सूर्य उदाउने कल्पना तुन्दै
मुलुकलाई परिवर्तनकाे उज्यालाेले
जाजल्यमान पार्ने सपना बाँढ्दै थियाै
तिमीले माथि नै बाट
कुर्कुच्चा उचाली उचाली
यस्तै बाचाहरु बाँधेकाे
सुन्न अाउनेकाे सान बेग्लै थियाे
तिम्रा गुणगानमा निस्केकाे त्याे भीड
अनभिज्ञ छ असली तिम्राे अनुहार देखी
सायद,
उनीहरूमा बुझ्ने शक्ति हराएकाे छ
किन भने
छिट्याएकाे थाेपालाई
दर्के वर्षाकाे घाेषणा गर्ने तिम्रा शब्दजाल
असिनालाई लुकाएर
फाट्ट-फुट्ट पानी भन्न पछि पर्दैनन्
तिमी पछि परेनाै भन्न
सडक हिल्याउनु पर्छ रगतले
राेक्नु पर्छ भूमरी परी उठेकाे ज्वाला
महंगाे हिराकाे खानी आफ्नै देशमा छ
हिरा वर्षाउने खोक्राे अाश्वासन बाँड्दै थियाै सबैलाई
भाे, भयाे काेशिश नगर छल्न अब
धेरै गर्याै बलात्कार
आफ्नै बाचाहरुकाे
अँध्याराेमा ज्वाला देखाउने यस्तै सयाैंले
अँध्याराेमै सपना पुरेका छन् सबैकाे
आफ्नै आँगनमा घर खाेज्न बाध्य
सबैले विगत भुलेका छैनन्
सिरुपाते खुकुरीमा सबैले धार हालिसकेका छन्
हाेसियार !
सक्छाै भने अनुभूति मात्र गर
नुन-खुर्सानी पिसेर खाएकाे चामलकाे सबैले
उनीहरूलाई के ज्ञान तिम्राे मेन्युमा के छ?
अनि सक्छाै भने
एक पत्र च्यादर अाेछ्याएकाे
परालकाे गुन्द्रीमा एक रात कटाएर हेर
कति हड्डि मकाएका छन् ।
म भन्दिन त्यही उकालाे चढ्नु पर्छ तिमीले
अनि भन्ने छैन
हरेक बिहान कुलाे फर्काएर आऊ
उता खेत बाँझाे भइसक्याे
हलाे एउटा खेपिदिए पुग्छ
सिरानीमा पहाड खस्दा उनीहरुकाे
कठैबरा हाेइन
गुहारकाे आवाज घन्काइदेउ
साँच्चै मन पाेलेकाे छ उनीहरुकाे
त्यसै ज्वाला उठेको हाेइन
सधैँ बेहाल रहने उनीहरू
थाेरै आँसुमा पनि
चुर्लुम्म डुब्ने भइसकेका छन्
बाँकी रहेकाे खरानी बटुल्ने उनिहरुकाे प्रयास
अंजुलीकाे तिम्राे साथ भरपुर हुनेछ
आफैँदेखि हराउन लागेका उनीहरुकाे
चिनारी खाेजिदिए पुग्छ।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *