मनका कुरा

-विद्या शर्मा-काठमाडौ/ नेपाल Bidhya Sharma

शब्दमा उत्तर चाहेको हैन
शब्दमै प्रश्न सोधेको छैन
हिक्का पठाई बोलाउँछु
आँखाले नै बात मार्छु
शत्रु झैँ छ यो दुनियाँ हाम्रो
हर ईशाराले गफ गर्छु
आगो तिमी लगाई देउ
शब्दका ती भकारीमा
कुनै काम छैन तिनको
शत्रुताको हालीमुहालीमा
हिँड, सुटुक्क कतै पर जाउँ
आवाज माधुर्यता बाँड्नलाई
मनभरि गुम्सिएका शब्दका ढुसी
मायाको राफमा सुकाउनलाई
म कुर्दै गर्छु तिमी आउँदै गर
म जाँदै गर्छु तिमी पछि लाग्दै गर
तर हुन सक्दैन साथ हाम्रा पाइला
भाग्य हाम्रो यस्तै नै छ
तिमी कता अनि म चैँ कता
सम्झना मेरो त्यो आँखाभरि
बितेको पल त्यो मनभरि
चिहाई हेर्नु पर्दैन मैले
बन्द आँखाले पढ्छु तिम्लाई
तिम्रा हर सुस्केरालाई
जसमा म अझै जिवित छु
औ तिमीले पूर्ण मुत्यु दिएनौ
शरीर उठायो दैवले मेरो
परान बनी तिमी मै रैछु
लौ ! अझैसम्म म जिवित रैछु
तिम्रो हरेक श्वासमा म नै पो रैछु…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *