मन खोज्न

वादल थापा,
काठमाण्डौ

मन खोज्न धनेहरु
दरवार
महल
घर
झुपडी
कुटी
सबै ठाउँ पुगे
कसैले उता देखाए
कसैले यता
कसैले पैसा चाहिन्छ रे
कसैले कानुन
कसैले नियम
कही भन्दै थिए
संस्कार नै नभए पछि
केही हुन्न

आफ्नो –अर्काको
ठूलो–सानो
के–के गरेनन् के–के
तर मन भेट्न कहिल्यै
उपाय भएन कसैलाई
स्वदेश फर्किएर पनि
के गर्नु थियो र
मनै नभए पछि
नहुनेले नभेट्ता
के हुन्छ ?
हुनु थियो, भए पो
इज्जत जान्थ्यो
बेइज्जत होइन्थ्यो
पानी पोखिन्थ्यो
मन कुडिन्थ्यो
मन नथए पछि
जे गरे पनि भो

मन खोज्न धनेहरु ……

Leave a Reply

Your email address will not be published. Required fields are marked *