मभित्रकी ‘म’

माया भट्टराई
केन्टकी, अमेरिका

हो,
रूखबाट सुकेको पात झरेर
माटोमा बिलाए जस्तै
मेरा कयौँ यादहरू बिलाए,
अस्ताए,ओझेलिए कति कति,
केवल मायाको यादमा, पर्खाइमा, ,,,,
मैले मायाको बन्धनले कति कसिलो गरी बाँधेकी थिएँ,,
तर बिछोडको हुरी चल्नु रैछ जिन्दगीमा,
आखिर हुरी चली छाड्यो,
मेरो, मायाले सजाएको सुन्दर संसार
भत्काएर छाड्यो, ,,,,,
हो त्यहाँदेखि नै मैले आफ्नो घरबार,
सांसारिक मोह त्यागेकी छु,
आफन्तको मायाबाट टाढा छु,
बस म म मात्र भएर रहेकी छु,।

Leave a Reply

Your email address will not be published. Required fields are marked *