मरुभूमिको यात्रा
जलन भण्डारी
एड्लेड अस्ट्रलिया
भूटान, भारत, नेपाल र अष्ट्रेलिया सम्मको
लामो यात्राको अथाह थकान मार्न
एडिलेड ओभलको प्रांगणमा बस्दा,
मैले यो बजारलाई रित्तो र मरेतुल्य पाएँ ।
मेरा हरेक यात्राहरु पछि,
यसरि नै यो मैदानमा पुगछु,
आउने-जाने, आउने-जाने क्रम जारि छ,
लाखौं हजारौंको भिडमा मलाई एक्लो पाउछु ।
यो मरुभूमि बिचको भ्यागुते कुवामा,
म संघर्सरत बाँच्न खोजिरहँदा,
थापेको रित्तो अंजुलि
कोनि किन हो रित्तै फर्कन्छ ।
हो, म संघर्स गरिरहेछु,
आशा र उमंगलाई मरुभूमिमा रोपिरहेछु
अनि आशा र उमंगका पखेटालाई
कल्पनाको धागोले गाँसेर जिउन खोजिरहेछु ।
म मेरो थकान पछिको प्यास मेट्नलाई,
मरुभूमिको यात्रा पूरा गर्नलाई,
हरेक आँशुका फुल र कथा ब्यथाका साथ,
एउटा असम्भावित अनुरोध गर्छु ।
कुवा ! म त जिवन संघर्समा हिडेको
यो मरुभूमिको एक्लो यात्रि हुँ,
मलाई तिम्रो एक बिन्दु पानि पिलाएर
मेरो यात्राको दुरिसम्म साथ देउ ।
रचना राम्रो छ ,चलोस कलम जलन्को
पोलेको घाउमा बनोस मलम जलन्को
कृष्ण भण्डारी
याहाँहरु कै शुभकामना र आशिर्वाद को भोग गर्दै जिवनको काल्पनिक यात्रालाई निरन्तरता दिएको छु।
धन्यवाद।
जलन