मलाई थाहा भएन

बि.बि. पौडेल (भूटानी)
ओहायो, अमेरिका

दुनियाँ सामु तिमीलाई जिताउँछु भन्दै गर्दा,
आफू हारेको मलाई थाहा भएन।
माया गर्छु भन्दै गर्दा मुखले ठिक्क पारेर,
अर्कैलाई ताकेको मलाई थाहा भएन।
खै के कमी थियो ममा र मलाई झुक्क्याई
अन्तै बसाई सरेको मलाई थाहा भएन।
मेरा धेरै गल्ती भए होलान्
सँगै जिउने बहानामा तर मलाई थाहा भएन।
मेरो चरित्रले धेरै घोचे होलान्,
तिम्रो मनका मझेरीहरूमा तर मलाई थाहा भएन।
गल्ती म बाटै भएको थियो होला,
तिमीलाई विश्वास गर्ने बेलामा तर मलाई थाहा भएन।
विश्वास तोडिन्छ अनि मोडिन्छ भनेर,
कहिले सोचिनँ किनकि मलाई थाहा भएन ।
जिन्दगीमा सबै भन्दा बढी माया तिम्रै गर्छु भन्दै गर्दा,
छुरा रोप्ने दुस्मन मलाई थाहा भएन।
मन्दिर अगि हॉत समाई, तिम्रै हुन पाऊँ भन्दै गर्दा,
मनमा बस्नेले मनमनै छुरा चलाउँदा मलाई थाहा भएन।
करण मन्दिरमा सँगै बॉच्ने सँगै मर्ने कसम खाँदै गर्दा,
बनावटी ऑसु मलाई थाहा भएन।
तिम्रो हरेक दु:ख सुख हेर्न चाहन्छु भन्दै गर्दा,
पराइसँग सेल्फि मारेका मलाई थाहा भएन।
जिन्दगीको लामो यात्रा सँगै गर्न चाहन्छु भन्दै गर्दा,
खाजा बोकेर बसाई सरेको मलाई थाहा भएन।
तिमी मेरो अनि म तिम्रो बन्ने दिन मैले सजाउँदै गर्दा,
पराईको अंकगालोमा बेरिएको मलाई थाहा भएन।
जे होस्, नयॉ जीवन सुरु गरेकोमा धेरै धेरै बधाई छ
तर जीवन कसरी चल्दैछ त्यो मलाई थाहा भएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *