माघे संक्रान्ति

कवि
कवि

नबिन नेपाल
कोलोरोडो, अमेरिका

धर्म,संस्कृति र चाहड पर्वका धनी हामी
अलि पर बसी आज संझदैछौ त्यो हामी

संक्रान्ति चाड सम्झदा आज यहाँ मलाई
चिसो पानीमा नुहाएको याद आयो हामी

चिसो पानीमा काम्दै नुहाई पूजा गर्थ्यौ त्यहाँ
तातो पानी खन्यई आज मनाउदै यहाँ हामी

विडम्बना होकि बाध्यता आज यो हाम्रो
बचाउदै छौ पर्व जसो तसो यहाँ पनि हामी

यही अवसर परेर होकी थाल थाप्ने धेरै त्यहाँ
चाराना आठाना दिदै हिड्थ्यौ भिडमा हामी

माघे संक्रान्तिको दिन सम्झेर भएनी आज
माई भगवतीको दर्शन गरौँ टाढाबाट हामी
माई भगवतीको दर्शन गरौँ टाढाबाट हामी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *