मान्छे

कवि
कवि

गोविन्द लुइँटेल
ओहायो, अमेरीका

मान्छे-
एउटा ढाकर भरीको सुन्तोला जति
रिस-राग,
छल-कपट,
लोभ-लाभ,
कोड्याइँ-घमण्ड आदी बोकेर
सु:ख,
शान्ति,
संमृद्धी,
प्रगति चाहन्छ
अरूको भलो नै आफ्नो भलो भन्दै हिँड्छ।

मान्छे-
नराम्रो कुरा हावाले भ्याउनजेल उडाउँछ
राम्रो कुरा बल गरेर तुहीञ्जेल तुहाउँछ
ऊ असल बन्न खोज्छ अरूलाई सताएर
ऊ मानव सेवी हुँ भन्छ मानवलाई छक्याएर
कहिले गीत गाउँछ शब्द नचाउँदै
कहिले खुब नाँच्छ ताल भचाउँदै
मन मनै सोच्छ- संसार भन्दा मै ठुलो
किन कि हता॔ कता॔ मै हुँ
सीमा भित्रका मेरा हुन्छन्
अरू सबै तड्पीएर कुहुन्छन्
तर बिचरालाई थाहा छैन
सत्य र असत्य
जीवन र मरण
दैव,प्रकृति र मानव भिन्न छ भनेर!

मान्छे-
सुनमा सुगन्ध छछ॔ छलेर
पलासमा बास्ना भछ॔ जलेर

खोइ कसरी र किन हो?
जल,
थल,
नभ आफ्नै सम्पत्ति भन्छ
स्वग॔ देखेको छु भन्छ
नरक जानेको छु भन्छ
आमाकै गभ॔बाट जन्मेका
खोइ कसरी भिन्न ऊ?
कसरी भिन्न म?

Leave a Reply

Your email address will not be published. Required fields are marked *