मायाको संसार छुट्टै हुन्छ

कवि

शिवलाल दाहाल
खुदुनाबारी, झापा

तिम्रो मायालाई
म कसरी परिभाषित गरौं
जब कि मायाको गहिराइ कसैले छाम्न सकेकै छैन
जब कि मायाको उचाइ कसैले भेट्नै सकेकै छैन
किन भने
मायाको छुट्टै संसार छ
जो दुनियाले देख्नै सक्तैन
जो दुनियाले बुझ्नै सक्तैन
न त्यो फुलसंग तुलना हुन सक्छ
न त्यो जूनसंग तुलना हन सकछ
त्यहाँ बादलको रङ्ग अर्कै हुन्छ
फूलको गुण अर्कै हुन्छ
इन्द्रेनी लहर अर्कै हुन्छ
समयको पहर अर्कै हुन्छ
समुद्रको लहर अर्कै हुन्छ
अनन्तको पिरिभाषा दिनु मूर्खता हो
अगम्यलाई गम्य भन्नु अन्धता हो |
रचनाः १८ जुलाई,२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *