मिस्टर दागो

मोहन गौतम 
एड्लेड, अस्ट्रेलिया  

दागो, तिम्रो नाम नै काफी छ
तिमी टाइगर थियौ
तिमी ड्रयागन थियौ

तिमी ‘द टाइगर नेस्ट’ भूमिमा निरङ्कुशताकाे एक चट्टान थियौ
सुन्कोश, पारो छु, सामाका गर्जमान छालहरू थियौ
अझ तिमी ‘द ड्रयागन किङ्डम’ का एक हुङ्कार थियौ
दागा, डम्फु, च्यामगाउँका चित्कार होइन, चट्याङ थियौ
त्यसैले त जापानसम्म गर्जने तिम्रो जति शक्ति कसको होला

म तिम्रा पीडाहरू महसुस गर्न सक्छु
तिमी सम्मानित हुने दिन तिम्रा समकालीन मित्रहरू नडुक्रिउन्
वन-जङ्गल, हावा, चरा-चराचुरुङ्गी खोला-नाला, जनावरहरू सुनसान रहुन्
हाम्रा चीत्कारहरू त सुन्नै नपरोस्
किन कि तिमीलाई आवाज मनै पर्दैन !
तिमीलाई ‘द अडर अफ द राइजिङ सन’ पदक कति सुहाउँदो हो
तक्माको भारीले तिमीलाई नथिचोस्-मेरो शुभकामना छ
हो तिमी टाइगर हौ निरङ्कुशताकाे
तिमी ड्रयागन हौ निरङ्कुशताकाे
तिमी दागो हौ – तिम्रो नाम नै काफी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *