मेरो प्यारो सन्देश

कवयित्री

गङ्गा अधिकारी
एडिलेड, अष्ट्रेलिया

लैजाऊ पवन मेरो कथन, मेरो प्यारो सन्देश बोकी
सुस्त-सुस्त चलिजाऊ, ठेस कतै लाग्ने होकी |
शितल स्पर्श दिनू तिमी, उसको नजिक कतै लुकी
उसलई बताऊ मेरो कथा, अनि सन्देश सबै बोकी ||

उसको माया अनि याद, मुटु माझ छिपाइराखी
हरेक साँझ हर-बिहान, बस्छु उसकै नाम जपी |
दोबाटोमा उसकै यादमा, दिन बिते आज कति
सुनाऊ पवन उसलाई मेरो, सम्झना र प्यार जति ||

नसोचोस् है कहिल्यै मैंले, उसको माया लाएँ लात्ती
बिर्सेँ होला उसलाई कतै, पराइसँग मुटु साटी |
सुम्पिदेऊ पवन उसलाई, चोखो मुटु मेरो दैव भाकी
फर्किआऊ पवन मलाई, उसको सन्देश सबै बोकी ||


3 Replies to “मेरो प्यारो सन्देश”

  1. TP Mishra

    राम्रो कविता ! फेरी अर्को छिट्टै देख्न पाइयोस यहि “साहिट” मा लेखिकाको तर्फबाट !

  2. Lakshmi Prasad Dhakal

    “फर्किआऊ पवन मलाई, उसको सन्देश सबै बोकी”
    Nice poem, good flow and probably with story behind.
    Lakshmi Prasad Dhakal

Leave a Reply

Your email address will not be published. Required fields are marked *