म गौरवान्वित नास्तिक

कवि
कवि

हरि पि. चम्लगाँइ
अमेरिका  

म सानो थिएँ, सानो जस्तै सोच्दथेँ
अज्ञानी थिएँ, अशिक्षित थिएँ
तिमीले मेरो सानोपनको फाइदा लिएर,
तिम्रो आस्था र रीतिरिवाज मलाई सिकायौ
त्यसैमा रम्न र अँगाल्न सिकायौ
म रंमे पनि, मैले अँगाले पनि
खुसि थिएँ, त्यही नै सत्य ठानेँ
प्रश्न नै नगरिकन, शंका नै नगरिकन
कति धेरै आस्था थियो, सानो नानीको आफ्नो आमासंग जस्तै ।

तर, जब म ठूलो भएँ
मैले लेख पढ गर्न थालेँ
मैले संसार देखें, मैले प्रश्न अनि शंका गर्न थालेँ
सृजनात्मक र समालोचनात्मक रुपमा सोच्न थालेँ
तब मैले सानो जस्तो सोच्न छाडेँ ।

तिम्रो धर्मले मेरो साथीलाई अछुत बनाउँछ
कसैको जीवनलाई अजात भन्छ ।
मलाई कुनै स्वर्ग जानु छैन जस्को कुनै प्रमाण नै छैन;
मलाई पुनर्जन्म वा नर्कको पनि डर देखाउनु पर्दैन
म नैतिकता, इमान्दिरता, शान्ति, दया, माया र करुणाका साथ जिउँछु
तिम्रो स्वर्गको लोभ वा नर्कको डरले पनि होइन,
मानवताको लागि गर्छु, चेतनशिल प्राणी भएकोले गर्छु
म मानिसलाई धार्मिक बिभाजनले होइन
केवल मानिसको रुपमा हेर्न चाहान्छु
मलाई अदृश्य र कल्पनाको साथी भन्दा पनि
आफ्नै साथी र परिवार प्यारा छन्
मैले आउँदो पिंडीको लागि, यही संसारलाई स्वर्ग जस्तो बनाउनु छ ।
तिम्रो वा संसारको जुनै पनि धार्मिक आस्थामा सत्यता र वैज्ञानिकता पाईँन
झुटो आशा, आनन्द, भर, डर वा विश्वास पाएँ
केवल अन्धविश्वास, भ्रम, झुट, बेइमानी, विकृति, विभाजन,
असमानता, हेलाहोचो, दमन, भेदभाव, भ्रष्टाचार, र युद्ध आदि मात्र पाएँ
तिम्रो आस्थाले मानिसलाई प्रमाण बुझ्न
र नयाँ ज्ञान-विज्ञान र प्रगतिको बाटोमा हिंड्नबाट बार लगाउँछ
तिम्रो ईश्वरको नत कुनै प्रमाण छ,
नत कहिल्यै प्रार्थनाको जवाफनै दिएको छ
नत कहिलै संसारलाई रोग, भोकमारी र प्राकृतिक प्रकोपबाट नै जोगाएको छ ।
मलाई ब्रमाण्डको आध्ययन गर्न, विज्ञान नै पर्याप्त छ
र ब्रमाण्डको व्यख्या गर्न विज्ञानलाई इश्वरको आवश्यकता पर्दैन ।

त्यसैले मैले तिम्रो धर्म र भगवानलाई नै बहिस्कार गरेँ
साँचो र सत्यको बाटो मा हिंड्न चाहेँ
भलै तिम्रो बिचारमा धेरै समर्थक होलान्,
मेरो विचारमा पनि धेरै छन् ; केवल खुलेर निस्किन सकेका छैनन्
तिम्रो विचार धेरै पुरानो होला,
तर त्यसको मतलब तिम्रो विचार साँचो हो भन्ने हुँदैन
असाधारण दावा गर्नेले असाधारण प्रमाण देखाउन पनि सक्नु पर्दछ ।
म गौरवान्वित अनि खुशी नास्तिक ।

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *