म युवा हूँ

आर.पी. सुब्बा

म युवा हूँ
परिबर्तन खोज्न उत्रिएको,
म सेनानी हूँ
प्रजातान्त्रिक आन्दोलनमा होमिएको ।
म कैदी हूँ
कारागारमा सडिएको,
म शहीद हूँ
मुक्तिसंग्राममा हुर्किएको !!

म मसाल हूँ
अन्यायको अन्त्य गर्ने,
म बारुद हूँ
बिस्फोट भई अत्याचार हटाउने ।
म तुफान हूँ
घोर अन्धकार हटाउने
म क्रान्ति हूँ
निरंकुश शासन हल्लाउने !!

म कैदी हूँ,
म शहीद हूँ,
म सेनानी हूँ,
म युवा हूँ,
म मसाल ,हूँ
म बारुद हूँ,
म तुफान हूँ,
म क्रान्ति हूँ,
म भूकम्प हूँ,
म सबै, सबै हूँ !!

One Reply to “म युवा हूँ”

  1. buddha dhakal

    Tapai bhitrako kavi man jurmurauna thaleko chha hijo aaja. Ajha lekhdai junus hai RP dai.
    Sherubtse college maa Bhanu Jayanti manaauna prayas garnu bhayo hola, tesai lai samjhera kavitaa ko poko kholdai janus hai RP dai.

Leave a Reply

Your email address will not be published. Required fields are marked *