रवि महिमा
उपेन्द्र रेग्मी
कान्सास अमेरिका
जगमा रविको महिमा छ ठुलो
झलमल्ल गरी सब ज्योति खुलो
जब बादलमा रवि सुस्त गए
पछिखोजि सबै अरु व्यस्त भए ।।
छहरा पहरा लहरा सजिए
हरियालि भई सब जोस लिए
जगमा जब ज्योति जगाइ दिए
तब मानवले पनि होस लिए ।।
रविको गतिचाल समान रह्यो
नढिलो नछिटो गति एक भयो
नत एक दिनै गति रुद्ध भयो
अनि पो जगमा अगिनाम रह्यो ।।
तिमि आज कतै नभए जगमा
कुनचाल भई रहने पलमा
तर आज कृपा हुन गो रविको
सबका मनमा जगज्योति छ यो ।।
तिमि छौ सहजै अरुशक्ति दिने
गरदै विनती अब श्राम लिने
भुलचूक भए पनि माफ मिलोस्
अब एक समान सज्योति दिनोस् ।।