लकडाउनका ब्याथाहरु

खगेन्द्र गौतम 
क्यानाडा
मानव बस्तीको भिडबाट,
 प्रकृति र आफन्तको
नजरबाट अलिक टाढा
गएको छु म आजभोलि।
खासै दुरी त्यति धेरै टाढा
नभए पनि मेरो नजिक कोही छैन।
त्यसैले त म आफलाइ नितान्त
एक्लो महसुस गर्छु।
बन्द कोठामा थुनिएको म !
कसैको मृितु शोक मनाइ रहेको ठान्छु
आफलाइ।
एकै क्षणमा झस्किएर दिमागलाई
बाटोमा ल्याउँदा त ! म आफ्नै
अन्त्य पो पर्खी रहेको रहेछु।
म सॅंगै एक्लिएकाहरू सबै
गइसकेका रहेछन्।
कोही कहिल्यै नआउने गरी गएछन्
त कोही अन्योल र त्रासदी पूर्ण परिवेशमा
 बाँचिरहेका छन्।
थाहा छ  मलाइ म मेरो पालो पर्खी रहेको छु।
तर जानु अघि म एउटा यस्तो अद्भुत युगको
निर्माण गर्न चाहन्छु जुन हजारौँ जुनी सम्म
सम्झन लायक रहोस्।
भ्रम र यथार्थको फरक नबुझ्दा
रोग, भोक र शोक सॅंग वर्षौँ
देखीको मेरो द्वन्द्व अन्त्य नहुने भयो अब।
त्यसैले म एउटा लामो यात्रा तय गर्दै छु,
जहाॅं मेरो साथमा केवल मेरा
भावनात्मक संवेगहरूले मात्र
मलाई साथ दिनेछन्।
म एक्लो छु तर म बोल्न चाहन्छु,
म अँध्यारो कोठामा छु तर म हेर्न चाहन्छु।
भ्रम र त्रासको खेती गरी मलाई बन्द कोठामा
कैद गर्नेहरू सबै मानव सभ्यताका बाधक हुन।
त्यसैले म  चाँडै बाहिर आउन चाहन्छु।
हल्लै हल्लाले विश्व नै  आतङ्कित पार्नेहरू
मेरो मानसपटलमा तिमीहरूले कहिल्यै राज गर्न
सक्दैनौ।
तर अहिले म निकै डराएको छु, किन – की
यो बेला तिम्रो प्रोपगान्डा निकै कडा छ।
तिमीले अब परमाणुलाई मात्र हतियार
बनाएनौ; तिमी जैविक हतियारको प्रयोग
गरी रहेका छौ अहिले।
सारा  ब्रह्माण्ड  नै प्रयोगशाला बनाएर
गरिएको परीक्षणले मानव सभ्यता लाइनै
कुरूप बनायो।
तिमीले यसको मूल्य अवश्य चुकाउनु
पर्नेछ।
विश्वमा आफ्नो दबदबा कायम राख्न
तिम्रा यन्त्र मानवहरूले निर्माण गरेका भाइरसहरू
आज प्रत्येक व्यक्तिका  श्वास प्रश्वासमा सलबलाइ
रहेका छन्।
नियन्त्रण लगभग असम्भव नै जस्तो देखिन थाल्यो।
न्यु योर्क सहर घोस्ट टाउन भइसक्यो,
इटलीका अस्पतालहरू मुर्दा घर बनी सके।
तर तिम्रा ती बफादार परपीडकहरू,
भाइरसका निर्माण कर्ताहरू चुपचाप छन्।
यिनीहरू तब सम्म चुप रहन्छन् जब सम्म
 पुँजीवादको रवैया चरम उत्कर्षमा पुग्दैन।
विश्वको अर्थतन्त्र धराशायी बनेको ,
सेयर बजार असन्तुलित बनेको निश्चित
भए पछि तिम्रो सिर गोमन सर्पझैँ ठाडो हुनेछ।
सायद त्यो बेला तिमी मेडिकल माफियाहरूको
सहयोगमा “कोरोना” को खोप बजारमा
उपलब्ध छ भन्दै कालो धन बटुल्न व्यस्त हुने छौ।
हाउगुजीको डर देखाएर सारा संसारलाई घर भित्र बन्धक बनायौ।
तर यी सारा बन्धनहरू तोडी म बाहिरिँदै छु अब
किन कि यो त अत्ती नै भो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *