लुइँटेल ११६ औँ जन्म जयन्ती मनाइयो

कवि नारायणप्रसाद लुइँटेलको आज फेब्रुअरी चार तारिखका  दिन ११६ औँ जन्म जयन्ती साहित्य परिषद् र नेपाली भाषा अध्ययन केन्द्र कोलम्बस ओहायोको संयुक्त आयोजनामा मनाइयो । साहित्य परिषद् भुटानका अध्यक्ष गङ्गा लामिटारेको अध्यक्षतामा सम्पन्न  भर्चुअल सो कार्यक्रम  बालबालिकाको कविता वाचन र गायन जस्ता  प्रस्तुति भएका थिए । बालबालिका , अभिभावक सहित अध्ययन केन्द्रका शिक्षक, शिक्षिकाहरूमा  द्रौपदा प्रधान  ,गोमा अधिकारी, धर्मेन्द्र तिम्सिना क्षितिज सुदर्शन अधिकारीको उपस्थिति थियो । उक्त कार्यक्रममा अतिथि सिटी काउन्सीलर भुवन प्याकुरेल  थिए।

नेपाली भाषा अध्ययन केन्द्रको सुरुवातकाल देखीकै सदस्य श्याम खनालले पाठ्यक्रममा एक रुपता हुनुपर्ने कुरामा जोड दिनु भयो ।साथै अतिथि सिटी काउन्सीलर भुवन लुइँटेल त्यो समयमा भुटानमा साहित्य लेख्ने कविबारे थप जान्न बुझ्न उत्साहित रहेको बताउनु भयो ।

वि.सं १९६६ को माघ १५ गते जन्मेका नारायणप्रसाद लुइँटेल भुटानको साहित्यिक लेखन यात्राका सन्दर्भमा चर्चा गर्दा अग्र पङ्तिमा आउँछ ।भारतको मथुरा पुगेर संस्कृतमा मध्यमासम्म गरेका पण्डित नारायणप्रसाद लुइँटेलले आफूलाई केवल कर्मकाण्ड गर्ने व्यक्तिका रूपमा मात्रै सीमित गरेनन्, लेखनतर्फ पनि अग्रसरता देखाएको पाइन्छ । मूलतः उनी व्यक्तित्व र कृतित्वका बारेमा चर्चा आध्यात्मिकता, नैतिक शिक्षा, धार्मिक जागरण,उपदेशात्मकताक, राज भक्ति, देशभक्ति उनका रचनागत विशेषता हुन् । उनका प्रकाशित कृतिहरूमा शिवालय माहात्म्य (सन् १९७२), मध्यम षोडशी (१९८१), ज्ञान दर्पण (१९८५), नारायणोपदेश (१९८५) र ज्ञान मञ्जरी (२०१०) रहेका छन् । सारमा उनका कृतिहरू धर्म, नीति, दर्शन र कर्मकाण्डसँग सम्बन्धित छन् ।९७ वर्षको दीर्घ जीवन बाँचेका कवि नारायणप्रसाद लुइँटेलको बेलडाँगी शरणार्थी शिविरमा वि.सं २०५४ मा निधन भएको थियो ।

कवि नारायणप्रसाद लुइँटेलको जन्म जयन्तीमा आफूहरूले नेपाली भाषा पढाएका बालबालिकाले यस्तो प्रस्तुति देखाउँदा खुसी लाग्छ भन्ने उद्घोषक निल अधिकारी सो कार्यक्रममा बताउँछन् ।  त्रिदेशीय दर्शकको उपस्थिती रहेको सो कार्यक्रममा १८ जनासम्मको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *