वडा दसैँको मङ्गलमय शुभकामना

दसैँ नेपालीहरूकाे महान् चाड हो । मूल थलाे नेपाल र इतिहासकाे विभिन्न काल खण्डमा नेपालबाट विश्वका विभिन्न मुलुकमा पुगेका नेपाली जातिले दसैँलाई हर्ष-उल्लासका साथ मनाउँदै आएकाछन् ।
दसैँ हिन्दुहरूको मात्र चाड नभएर सबै नेपालीहरूकाे पर्व हो । नौ दिनसम्म दुर्गा भवानीको पूजा अर्चना गरी दसाैँ दिनमा विजयादशमी मनाउने चलन छ । दसैँ हिन्दुहरूको मात्र हो भने भारतमा कडाेराैँ हिन्दुहरू छन् तर उनीहरूले नेपालीहरूले जस्तो पाँच दिनसम्म टीका लगाउँदैनन् । त्यसकारणले दसैँको नेपाली परिवेशमा आफ्नै किसिमको मौलिक, सामाजिक, सांस्कृतिक मूल्य र विशेषता छ । अरूबेला विभिन्न पेसा, व्यवसाय र कर्महरूमा व्यस्त रहे पनि दसैँमा बिदा लिने, परिवारजन र साथीभाइसँग भेटघाट गरी मिठाेमसिनाे खाने र रमाइलो गर्ने पर्व हो दसैँ । दसैँमा आफ्ना माता पिता तथा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने र आशीर्वाद लिने चलन छ ।
आपसी सद्भाव, स्नेह र भाइचाराको पर्व दसैँ यस पटक भने अलिक असहज रूपमा आएको छ । जताततै कोरोना महामारीको सन्त्रास फैलिएको छ । यस्तो अवस्थामा सदा झैँ दसैँको उल्लास हुन नसक्ला तर त्यसको मतलब दसैँको महत्ता कम भएको भन्ने होइन । सतर्कता र समयाम्ता अपनाएर दसैँ मनाऊँ । माता दुर्गा भावनीकाे कृपाले हामी सबैको कल्याण होस्, विश्व महामारीबाट मुक्त होस् । वडा दसैँको महान् उपलक्षमा हामी हाम्रा आदरणीय लेखक, पाठक तथा भुटानी आम जनसमुदायमा सुख,शान्ति तथा समृद्धको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

भूट्नीजलिटिरेचरडटकम
सम्पादन समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *