वर्षभरिको शुभकामना


कवि

-विष्णु पोखरेल
भगिरथ उच्च मा. वि.
मोरंग नेपाल

तिम्रो तस्वीरलाई हरेकदिन

प्रेमरस बर्साउँदै आँखाले सुमसुम्याउँछु

तिम्रो सामिप्यमा बिताएका पलहरू सम्झेर

आफैँभित्र हराइदिन्छु

तिमी माघको हुस्सेलाई च्यात्तैच्यात्तै

सुदूर भविष्यका नवीन कुरा छर्न

पाठशाला जान्थ्यौ

अन्तरमनका अनन्त भावहरूलाई थिचेर

मरेका मान्छेका इतिहास पढाउथ्यौ

मनभित्रका छालहरूको आरोह अवरोहमा

चरम आर्थिक सङ्कट निसास्सिने परिवेशभित्र पनि

उच्च मनोबलका साथ हिमालझैँ अटल रहथ्यौ

अब

समयले नयाँ पालुवा फेरून्

आकासमाथि लागेका काला बादलहरू फाटून्

तिम्रा एषणाहरू क्रमशः घण्टाघरको घडीको सुईझैँ घुमून्

निरस मनहरूमा वसन्तको बहार छाऊन्

तिम्रा उमङ्गको बगैँचामा फुलेका फूलहरू कहिल्यै नओइलाऊन्

यही मेरो सबै डायस्पोरा नेपालीहरूलाई

नववर्षको शुभकामना 

One Reply to “वर्षभरिको शुभकामना”

Leave a Reply

Your email address will not be published. Required fields are marked *