वर्षभरिको शुभकामना


कवि

-विष्णु पोखरेल
भगिरथ उच्च मा. वि.
मोरंग नेपाल

म तिम्रो तस्वीरलाई हरेकदिन

प्रेमरस बर्साउँदै आँखाले सुमसुम्याउँछु ।

तिम्रो सामिप्यमा बिताएका पलहरू सम्झेर

म आफैँभित्र हराइदिन्छु ।

तिमी माघको हुस्सेलाई च्यात्तैच्यात्तै

सुदूर भविष्यका नवीन कुरा छर्न

पाठशाला जान्थ्यौ ।

अन्तरमनका अनन्त भावहरूलाई थिचेर

मरेका मान्छेका इतिहास पढाउथ्यौ ।

मनभित्रका छालहरूको आरोह अवरोहमा

चरम आर्थिक सङ्कट र निसास्सिने परिवेशभित्र पनि

उच्च मनोबलका साथ हिमालझैँ अटल रहथ्यौ ।

अब

समयले नयाँ पालुवा फेरून्

आकासमाथि लागेका काला बादलहरू फाटून्

तिम्रा एषणाहरू क्रमशः घण्टाघरको घडीको सुईझैँ घुमून्

निरस मनहरूमा वसन्तको बहार छाऊन्

तिम्रा उमङ्गको बगैँचामा फुलेका फूलहरू कहिल्यै नओइलाऊन्

यही छ मेरो सबै डायस्पोरा नेपालीहरूलाई

नववर्षको शुभकामना । 

One Reply to “वर्षभरिको शुभकामना”

Leave a Reply

Your email address will not be published. Required fields are marked *