वर्ष दिनको महान् चाड !

टीका ढुङ्गाना
क्यानाडा

फेरि पनि वर्षदिनको महान् ! चाड आयो
सबैका घरहरूमा खुसीयाली छायो !
घर आँगनमा सयपत्री मखमली
झलमल्ल छायो
आफन्तलाई सम्झिएर नेपालको याद आयो।।

पैला त हामी आशीर्वादभन्दा दक्षिणा हेर्ने गर्थ्यौँ
ऐले त कोरोनाले गर्दा आशीर्वाद नै लिन खोज्छौँ
टाढा-टाढा रहे साथी सम्झिएर ल्याएँ
दिँदै छु म रचनामा सन्देश दिन चाहेँ।।

घुमघामलाई घटाएर पर्वलाई जानौँ
बाँचौँ सँगै बँचाएर महान् चाड मानौँ।
फूलै फूल्ले सजिएका घरहरूमा
पर्व दिन आयो
सबै जनका घरहरूमा खुसीयाली छायो
फेरी पनि नेपालीका मनमा हर्ष बोकी ल्यायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *